काठमाडौँ । आयरल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले नमिठो हार खेपेको छ । बिहीबार बिहान सम्पन्न खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई चार रनले हरायो ।
आयरल्यान्डले दिएको दुई सय नौ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिज २० ओभरमा सात विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि इभिन लुइसले ५३ रन बनाए । कप्तान केइरन पोलार्डले ३१, मिम्रन हिटमेयरले २८ तथा निकोलस पुरन र रुथरफोर्डले २६÷२६ रन बनाए । बलिङमा आयरल्यान्डका जोस लिटलले तीन, क्रेग योङले दुई तथा जर्ज डोकरेल र सिमी सिंहले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धाीरत २० ओभरमा सात विकेट को क्षतिमा दुई सय आठ रन बनाएको थियो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ९५ रन बनाए । केभिन ओ ब्रायनले ४८, ग्रेथ डेनली १९ र गैरी विल्सनले १७ रन बनाए ।
वेस्ट इन्डिजका सेल्डोन कोट्रेल, खारी पिएरे र ड्वाने ब्राभोले दुई दुई विकेट लिए । जितसँगै आयरल्यान्डले तीन खेलको सिररिजमा १–० को अग्रता लिएको छ । दुई टोलीबीचका दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै