काठमाडौँ । आयरल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले नमिठो हार खेपेको छ । बिहीबार बिहान सम्पन्न खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई चार रनले हरायो ।
आयरल्यान्डले दिएको दुई सय नौ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिज २० ओभरमा सात विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि इभिन लुइसले ५३ रन बनाए । कप्तान केइरन पोलार्डले ३१, मिम्रन हिटमेयरले २८ तथा निकोलस पुरन र रुथरफोर्डले २६÷२६ रन बनाए । बलिङमा आयरल्यान्डका जोस लिटलले तीन, क्रेग योङले दुई तथा जर्ज डोकरेल र सिमी सिंहले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धाीरत २० ओभरमा सात विकेट को क्षतिमा दुई सय आठ रन बनाएको थियो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ९५ रन बनाए । केभिन ओ ब्रायनले ४८, ग्रेथ डेनली १९ र गैरी विल्सनले १७ रन बनाए ।
वेस्ट इन्डिजका सेल्डोन कोट्रेल, खारी पिएरे र ड्वाने ब्राभोले दुई दुई विकेट लिए । जितसँगै आयरल्यान्डले तीन खेलको सिररिजमा १–० को अग्रता लिएको छ । दुई टोलीबीचका दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास