‘लभ डायरिज’को टिजर सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, १७ : ०२
‘लभ डायरिज’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित सिनेमाको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई स्थान दिइएको छ ।

फागुन २ गते रिलिज हुने सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस