भारतले पठायो नेपालमा नयाँ राजदूत

पत्रपत्रिकाबाट

बुधबार, ०१ माघ २०७६, ०७ : ५८
भारतले पठायो नेपालमा नयाँ राजदूत

काठमाडौं । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूत सिफारिस गरेको छ । मन्जिभसिंह पुरीको कार्यकाल सकिएपछि भारतले हाल फ्रान्सका लागि राजदूत रहेका क्वात्रालाई नेपाल पठाउन लागेको हो ।

भारतीय पक्षले क्वात्राको अग्रिमोका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको छ ।

क्वात्रासँग विदेशी नियोगका अतिरिक्त प्रधानमन्त्री कार्यालय र राष्ट्रिय सुरक्षा सल्लाहकार कार्यालयमा काम गरेको अनुभव छ । उनी विशेष गरी अमेरिका, युरोप र चीन मामिलाका जानकार मानिन्छन । कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस