गुआडालाजरा । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।
अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो ।
मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ पुस २०७६, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
बझाङमा एक महिलाको शव फेला
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव