नेपालको पहिलो संसद भवन भत्काइने

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १३ : २६
नेपालको पहिलो संसद भवन भत्काइने

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काइने भएको छ । 

मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको छ । 

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्काने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । 

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस