काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसभित्र संस्थापन र इतर पक्षका बीचमा चर्किएको विवाद साम्य नहुदै वरिष्ठ नेता रामचन्द्र पौडेल आज नयाँ दिल्ली जादैछन् । पौडेल दिल्ली जानु अगाडी देउवाले उनी सहित कृष्ण सिटौलासँग आफ्नै निवास बुढानिलकण्ठमा ढेड घण्टा लामो छलफल गरेका थिए ।
सभापति देउवाले महाधिवेशनको मिति, विभाग थप्ने निर्णय र तरुण दलको म्याद थप गर्ने निर्णय एकलौटी गरेको भन्दै काँग्रेसमा पौडेल र कृष्ण सिटौला पक्षधरले देउवा विरुद्ध मोर्चावन्दी गरिरहेका छन् ।
आफु विरुद्ध मोर्चाबन्दी गर्दै पार्टी बैठक नै बहिष्कार गर्दै हिड्न थालेपछि शीर्ष तहमै सम्वाद गर्नुपर्ने निश्र्कषमा देउवाले पौडेल र सिटौलासँग सम्वाद थालेका बेला पौडेल दिल्ली जान लागेका हुन् ।
स्वास्थ्य उपचारका लागि दिल्ली जान लागेको पौडेलले बताएका छन् । तर पौडेलको त्यहाँ उपचारका अतिरिक्त राजनीतिक तहका नेताहरुसँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको उनी निकट नेताहरुले बताएका छन् ।
आज दिल्ली जाने कार्यक्रम बनाएका पौडेलले फर्कने कार्यक्रम भने तय गरिसकेका छैनन् । एकाएक दिल्ली जाने कार्यक्रम पौडेलले वनाएको थाहा पाएपछि देउवाले उनलाई हिजो आइतबार छलफलका लागि वुढानिलकण्ठ बोलाएका थिए ।
यसका लागि मध्यस्थता काँग्रेस नेता रमेश लेखकले गरेका थिए । ‘थप छलफल भने अब पौडेल दिल्लीबाट फर्केपछि गर्ने गरी हिजोको बैठक सकिएको छ,’ मध्यस्थता गरिरहेका नेता रमेश लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०७६, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति