काठमाडौँ । आजका लागि तोकिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गरि माघ ६ गते सम्मलाई प्रतिनिधि सभाको बैंठक स्थगित भएको जानकारी गराएको छ ।
सभामुख चयनको विषयमा सहममती नजुटेसंगै यो तेश्रो पटक बैठक स्थगित गरिएको छ । यस अघि पुस ११, पुस १६ हुँदै पुस २७ बैंठक तोएिको थियो । सभामुख चयन गर्ने कार्यतालिका रहेपनि दलहरुबीच सभामुख कसलाई बनाउनेमा सहमती हुन नसक्दा प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा दिन नेकपाले निर्देशन दिएपनि उनले राजीनामा दिन अस्वीकार गरेकी छन् । नेकपाका केही नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नगर्दा नेकपालाई सभामखुको उम्मेदवार छनोट गर्न समस्या भएको बताउँदै आएका छन् ।
सोही अनुसार शनिबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेकपाको निर्देशनलाई उनले अस्वीकार गरेकी छन् । यसैबीच सभामुख चयन प्रकृया जटिल बन्दै गएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा छलफल भएको छ ।
ओली र प्रचण्डको छलफलमा उपसभामुख शिवमायालाई समेत बालुवाटार बोलाएर ओली र प्रचण्डले आजको बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक