काठमाडौँ । आजका लागि तोकिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँस गरि माघ ६ गते सम्मलाई प्रतिनिधि सभाको बैंठक स्थगित भएको जानकारी गराएको छ ।
सभामुख चयनको विषयमा सहममती नजुटेसंगै यो तेश्रो पटक बैठक स्थगित गरिएको छ । यस अघि पुस ११, पुस १६ हुँदै पुस २७ बैंठक तोएिको थियो । सभामुख चयन गर्ने कार्यतालिका रहेपनि दलहरुबीच सभामुख कसलाई बनाउनेमा सहमती हुन नसक्दा प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा दिन नेकपाले निर्देशन दिएपनि उनले राजीनामा दिन अस्वीकार गरेकी छन् । नेकपाका केही नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नगर्दा नेकपालाई सभामखुको उम्मेदवार छनोट गर्न समस्या भएको बताउँदै आएका छन् ।
सोही अनुसार शनिबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेकपाको निर्देशनलाई उनले अस्वीकार गरेकी छन् । यसैबीच सभामुख चयन प्रकृया जटिल बन्दै गएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा छलफल भएको छ ।
ओली र प्रचण्डको छलफलमा उपसभामुख शिवमायालाई समेत बालुवाटार बोलाएर ओली र प्रचण्डले आजको बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग