मतदातासँग गरेका वाचा पूरा गर्छौं : मन्त्री मगर

शुक्रबार, २५ पुस २०७६, २२ : ४८
मतदातासँग गरेका वाचा पूरा गर्छौं : मन्त्री मगर

कञ्चनपुर  । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हँुदै जान थालेको बताउनुभएको छ ।

शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्नुहुँदै उहाँले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताउनुभयो । ‘जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं’, उहाँले भन्नुभयो, ‘यसका लागि काम अगाडि बढाइएका छन् ।’

यसैबीच मन्त्री मगरले आज भीमदत्त नगरपालिका– ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको छ । सो अवसरमा उहाँले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस