काठमाडौँ । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा पनि राजधानीको सम्भाव्यत अध्ययन प्रतिवेदनमाथि प्रदेशसभाको सदस्यहरुले छुट्टाछुट्टै आ–आफ्नो धारणाहरु व्यक्त गर्नुभएको छ । प्रदेशसभा सदस्यहरुले प्रदेशका १३ जिल्लामध्ये बहुसङ्ख्यक जनतालाई पायकपर्ने काभ्रे वा मकवानपुरको हेटौँडामध्ये कुनै एक प्राथमिकताको साथ रोज्नुपर्ने सुझाव दिनुभयो ।
उहाँहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर स्थायी राजधानी तोक्ने विषयमा संवेदनशील क्षेत्रलाई मध्यनजर गरेर र बहुसङ्ख्यक जनतालाई सम्बन्धित जिल्लामा नै सेवासुविधा उपलब्ध हुने संवैधानिक व्यवस्थाअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्यहरुले जनताको नाममा राजधानीको विषयलाई राजनीतिको बखेडाभन्दा सिङ्गै प्रदेश र राष्ट्रको वृहत हितका आधारमा सहमतिबाटै निकास दिनुपर्ने आग्रह गर्नुभयो ।
उहाँहरुले सत्तारुढ र प्रतिपक्षको आ–आफ्नो दलको घोषणापत्र र चुनावी रणनीति फरक हुन्छन् तर वर्तमान अवस्थामा तराईको सिमानासँग जोडिएको मकवानपुरलाई राष्ट्रिय एकता र सुरक्षाको अवधारणाका आधारमा सुझाव प्रस्तुत गर्नुभयो ।
प्रदेशसभाका सदस्यहरुले संविधानको मर्म एवं प्रदेशसभाको स्वतन्त्रताप्रति उपयोग गर्ने भावनालाई दलहरुले निषेध गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरुले राष्ट्र सङ्कट परेका बेला दलको भावनालाई बुझेर कठोर निर्णय लिनुपर्ने समय आएकाले सो भावनालाई आत्मसाथ गर्न सबै दल मिलेर मकवानपुरको हेटौँडालाई नै राजधानी कायम गर्न केन्द्रीत हुन आग्रह गर्नुभयो ।
उक्त बैठकमा प्रदेशसभाका २१ जना सदस्यहरुले आ–आफ्नो सुझाव दिनुभएको थियो । बैठकमा राजेन्द्र पाण्डे, प्रेमबहादुर पुलामी, रिना गुरुङ, मुनु सिग्देल, केशवराज पाण्डे, ओमबहादुर घलान, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, आशमाया तामाङ, रमेश पौडेल, रामकाजी महर्जन र विजुला बर्मा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सन्तबहादुर प्रजा, केशवप्रसाद पोखरेल, जगतबहादुर सिङ्खडा, न्हुच्छेनारायण श्रेष्ठ, निमा लामा, मिलनबाबु श्रेष्ठ, लालकुमारी पुन र हिमाली बोली पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाका सभामुख सानुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार अर्थात् पुस २५ गने दिनको ३ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ पुस २०७६, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभा बैठक बस्दै
गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा
सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै
कोशी प्रदेशसभाको बैठक बस्दै