हिमपातसँगै एक सातादेखि बझाङ अन्धकारमय, विद्युत् तथा टेलिकम सेवा अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, १४ : ५०
हिमपातसँगै एक सातादेखि बझाङ अन्धकारमय, विद्युत् तथा टेलिकम सेवा अवरुद्ध

बझाङ । हिमपातका कारण विद्युत र नेपाल टेलिकम का सेवा अवरुद्घ भएपछि सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ एक साता देखि अन्धकारमय बनेको छ ।

हिमपात भएलगत्तै जिल्लाका नेपाल टेलिकमका सम्पुर्ण नेटवर्कहरु अवरुद्ध भएका छन । गत साताकोे मंगलवार देखि लगातार जिल्लाका बिभिन्न स्थानमा हिमपात भएपछी नेपाल टेलिकमको सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन ।
हिमपात सँगै विद्युतका तार च्यातिएपछि केन्द्रिय प्रसारण लाइन जोडिएका जिल्लाका सम्पुर्ण स्थानहरु अन्धकारमय बनेको जयपृथ्वी नगरपालिकाका चन्द्र सिंहले बताए । उनले भने हिमपात ले गर्दा  नेपाल टेलीकमका सिडिएमए स्काई नमस्ते, ल्यान्डलाइन नेटवर्कले काम गर्न छोडेको छ ।

टेलिकमका नेटवर्कहरु ले काम नगरेपछि जिल्लाका सम्पुर्ण बैंकहरुको कारोबार पनि ठप्प भएको छ ।  

हिमपातले गर्दा ठाउँ ठाउँमा विद्युतका पोलहरु ढलेको हुँदा विद्युत अवरुद्घ भएको सेवा सुचारु गर्न समस्या भएको नेपाल विद्युत प्राधिकरण बझाङ बितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले  बताए । विद्युत अवरुद्घ भएको दिनदेखि कर्मचारीहरु लगातार खटिरहेको केहि दिनमा नै विद्युत सुचारु हुने उनको भनाइ छ ।

मौसम खराब भए बन्द हुन्छ बिजुली, निराशामा बझाङबासी
केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब भए जाने बिजुली देखेर निराशा छाएको छ ।

जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा समेत बन्द हुने भएपछि जिल्लाबासीहरुमा निराशा छाएको हो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा बाट बझाङका लागि ल्याइएको ३३ केभी राष्ट्रिय प्रसारण लाइन सामान्य हावा तथा पानी लाग्दा समेत बन्द हुने भएकाले बझाङबासी अन्धकारमा बस्न बाध्य छन ।

अब त राष्ट्रिय प्रसारण लाइनको विद्युत आयो उज्यालो देख्न पाइने भो भन्ने आश लागेको थियो जयपृथ्वी नगरपालिकाका टेकेन्द्र बोहराले भने फेरी पटक– पटक बिग्रिने,विद्युत संञ्चालन भएनि पावर नआउने, आइहाले पनि ३÷४ दिनको एक दिन 
बत्ती आउने समस्याले गर्दा जनतामा निराशा छाएको छ । सामान्य हावाहुरी र पानी आउँदा समेत विद्युत अवरुद्घ हुने भएकाले जिल्लाका उद्योगी तथा व्यापारीहरु पत्यक्ष मर्कामा परेका छन । सरकारी कार्यालयमा विद्युत नहुँदा सेवाग्राहीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ । जनताले विद्युत नहुँदा झेल्नु परेका समस्याहरु बारे भने यहाँका सरोकारवालाहरु मौन छन ।

सामान्य हावाहुरी आउँदा समेत विद्युत बन्द हुने हुँदा जिल्लाका उद्योगी व्यापारीहरुलाई मर्कामा परेको बताउँदै जयपृथ्वी नगरपालिका १० का राजेन्द्र उपाध्याय ले भने यहाँका जन प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुले विद्युत नियमित सुचारु गर्न पहल नगरेको गुनासो पोखे ।

नेपाल विद्युत प्राधिकरणको बझाङ बितरण केन्द्रले जिल्लाको बागथलामा निर्माण हुन थालेको कालङगा हाइड्रो पावरलाई, सोही ठाउँका १ सय ५० घरधुरीलाई  र सदरमुकाम चैनपुरका ७ सय घरधुरीलाई लाई मात्र केन्द्रिय प्रसारण लाइनको विद्युत लाइन बितरण गरेको छ । 

सव स्टेसन बिना १ सय १० किलोमिटर लामो दुरीबाट ल्याइएको प्रसारण लाइनमा पटक–पटक समस्या देखिने तथा पानी परेको बेला चट्याङले ३३ केभि पिन इन्सुलेटर पटकिने समस्याले गर्दा बत्ती बन्द हुने गरेको नेपाल विद्युत प्राधिकरण बझाङ बितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले बताए ।  जिल्लाको बागथला तथा चैनपुरमा सव स्टेसनहरु निर्माण हुने कार्य भइ रहेकोले केहि महिना भित्र बत्ती जाने समस्याबाट छुटकारा पाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस