मेलम्चीको काम चाँडो सम्पन्न गर्न खानेपानी मन्त्री मगरको निर्देशन

बुधबार, २३ पुस २०७६, २२ : १९
मेलम्चीको काम चाँडो सम्पन्न गर्न  खानेपानी मन्त्री मगरको निर्देशन

काठमाडौँ । खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धा्रित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

मन्त्री मगरले भन्नुभयो, ‘मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस् ।’ छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिनुभयो ।

उहाँले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सम्पन्न भएको जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस