सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष तथा छोरी विमलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुतेको अवस्थामा निस्सासिन पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु