मनोज पाण्डेको अर्काे धन्दाको पोल खुल्यो, अख्तियारमा पर्‍यो  मुद्धा

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०७६, ११ : ५८
मनोज पाण्डेको अर्काे धन्दाको पोल खुल्यो, अख्तियारमा पर्‍यो  मुद्धा

काठमाडौं । सिंहदरबारमा चन्दा आतंक मच्चाएपछि बालुवाटारवाट गलहत्याइएका मनोज पाण्डेको धन्दा अझैं रोकिएको छैन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र सूचना विज्ञ अलि अस्गरसँगको सम्बन्धका कारण उनको धन्दामा बालुवाटार नै एकपछि अर्काे गर्दै मुछिदै आएको छ ।

पछिल्लो पटक प्रधानमन्त्रीलाई थाहा पत्तो समेत नदिई मुख्य सल्लाहकार रिमालले मनोज पाण्डेको अनलाइन सञ्चालनका लागि २७ ओटा वाणिज्य बैकहरुलाई जनही ४ लाखका दरले रकम दिन उर्दी जारी गरेपछि राष्ट्र बैक हुदै बैंकर्स एसोसिएसनले पाण्डेको कम्पनीलाई ४ लाखका दरले रकम उपलब्ध गराउन आन्तरिक निर्देशन गरेको थियो ।

यो धन्दामा उनलाई रिमालले साथ दिएको खुलेको छ । बैकलाई जनही ४ लाखका दरले पाण्डेको कम्पनीलाई उपलब्ध गराउन निर्देशन गरेपछि यो मुद्धा अख्तियार पुगेको छ । २७ ओटा वाणिज्य बैंकका कर्मचारी तथा प्रतिनिधीका तर्फबाट अमित नाम गरेका ब्यक्तिले पाण्डेको कम्पनीले गरेको अवैध धन्दाका बारेमा अख्तियारमा उजुरी गरेको हो । उजुरी पुस १३ गते अख्तियारमा दर्ता भएको छ ।

जनताको डिपोजिट पैसा दुरुपयोग गदै एउटा ब्यक्तिले दर्ता गरेको कम्पनीलाई २७ वाणिज्य बैंकको सिइओहरुले १ करोड ८ लाख रुपैया नेपाल बैकर्स संघको सभाबाटै निर्णय गराई संघका सिइओ अनिल शर्माले पत्राचार गरेको देखिएको र त्यो पचात्रार अनुसारको रकम उपलब्ध गराउन रोका गर्न र प्रकरण छानविन गर्न भन्दै कर्मचारीहरुले अख्तियारमा उजुरी दर्ता गरेका हुन् । उनीहरुले यो पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, सिबिआई , सम्पत्ती शुद्धिकरण लगायतलाई पनि बोधार्थ पठाएका छन् ।
 
(हेर्नुहोस अख्तियारमा दर्ता गराईएको उजुरी पत्र )
 
पाण्डेले यस अगाडी जनतासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरेर सिंहदरबारका हरेक मन्त्रालयभित्रै चन्दा आतंक मच्चाएका थिए । उनको चन्दा आतंकको ब्यापक विरोध हुन थालेपछि कार्यक्रम रोक्न लगाई कार्यक्रम नै बन्द गराईएको थियो ।

त्यसपछि पनि रिमाल लगायतले उनलाई साथ लिएर धन्दापानी चलाउन र बालुवाटारको रेखदेख गर्नका लागि अनलाइन सञ्चालनमा ल्याउने निर्णय गरे । हिमाल साप्ताहिकमा काम गरिरहेका पत्रकार रामेश्वर बोहोरालाई सम्पादक बनाई पाण्डेको कम्पनी कथा नेपालले अहिले देखापढी अनलाइन सञ्चालनमा ल्याईरहेको छ ।

यो अनलाइन चलाउनका लागि केही समय अगाडी रिमाल, अस्गर र पाण्डे मिलेर विभिन्न ब्यापारीहरुलाई चन्दा सहयोग भन्दै पैसा उठाउने काम गरेका थिए । देखापढीमा रिमाल लगायतको दबावकै आधारमा विवादास्पद ब्यापारी दिपक मल्होत्रा लगायतले लगानी गरेका थिए ।  अहिले फेरि प्रधानमन्त्रीलाई थाहा पत्तो नै नदिई राष्ट्र बैक हुदै बैंकर्स संघवाट निर्णय नै गराई २७ वाणिज्य बैकलाई जनही ४ लाखका दरले चन्दा तोकेर उठाउने काम पाण्डेहरुले गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमै बसेर मनोज पाण्डेका नाममा भईरहेको चन्दा आतंकका विषयमा नेकपा भने अहिलेसम्म मौन बसिरहेको छ । पाण्डेलाई अहिले पनि रिमालले प्रधानमन्त्रीको भिडियो सन्देशहरु जारी गर्नेबेला प्रयोग गदै आईरहेका छन् ।  पाण्डेको धन्दाका बारेमा सफल खबरले निरन्तर समाचार प्रकाशित गर्दै आईरहेपनि बालुवाटार भने मौन बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस