एनआईसी एशिया बैंकले नयाँ वर्षको अवसर पारेर ल्यायो ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, २२ : २१
एनआईसी  एशिया बैंकले नयाँ वर्षको अवसर पारेर ल्यायो  ‘न्यू सुपर चमत्कारिक निक्षेप योजना’

 काठमाडौं । एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ निक्षेप योजनामा ग्राहकहरुलाई थप फाईदाहरु पस्कदैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर बैंकले ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछ । औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना भएमा ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने जनाएको छ । सो बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयं बैंकले एभरेष्ट इन्स्योरेन्स कम्पनी मार्फत तिर्नेछ ।
बैंकले नयाँ वर्षको योजना अन्र्तगत आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीन तवरका बचत योजनाहरु पनि संचालनमा ल्याएको छ । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने र डायमण्ड सिरिजको बचत खातामा विशिष्ट सुविधाहरुबाट ग्राहकहरु लाभान्वित हुनेछन् ।

बैंकले खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा पनि यो योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजना अन्र्तगत अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकका अनुसार यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा अन्तर्गत सुपर चमत्कारिक बचत खातामा २ लाख भन्दा बढि रकम भएमा, उक्त रकमलाई रु दश हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५% सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका  ग्राहकहरुलाई स्वतः उपलब्ध गराउनेछ । मासिक निक्षेप खाता अन्तर्गत बैंकका ग्राहकले पनि जम्मा गरेको रकममा ९.७५% सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकमान्तर गर्न सक्नेछन् ।

मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिनेका साथै  ग्राहकले चाहेको समयमा मोबाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न पनि सक्नेछन् । बैंकले ३० सुविधायुक्त ‘न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता,  न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता’ सहितका निक्षेप योजना संचालनमा छन् ।

बैंकले ग्राहकहरुको चापलाई मध्य नजर गर्दै  मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ८ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस