नारायणगढ–बुटवल सडकखण्डको रुख कटान सुरु

प्रकाश सिग्देल

आइतबार, २० पुस २०७६, १८ : १५
नारायणगढ–बुटवल सडकखण्डको रुख कटान सुरु

– प्रकाश सिग्देल

चितवन । नारायणगढ–बुटवल सडक खण्डको रुख कटान सुरु भएको छ । सडक आयोजना र जिल्ला वन कार्यालयबीच कटान सम्झौता भएसंगै आईतबार बाट रुख कटान सुरु गरिएको सडक निर्माणको जिम्मेवारी पाएको चाइनीज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन सिएससिईसीले जनाएको छ ।

गैंडाकोट देखी ८ किलोमिटर थुम्सि जंगलसम्म सडकका दाया बाया दुबै तर्फका रुख काटिने र ८ किलोमिटर देखी ३० किलोमिटरसम्म भने दाया वन क्षेत्रको मात्रै रुख काटिने निमार्ण कम्पनिका सिनियर ईन्जिनिर्यस डण्डपाणी जैसिले बताउनु भयो ।  बाया वन क्षेत्रमा मध्यवर्ती पर्ने भएकाले त्यसको रुख कटान आदेश नआएकाले त्यो काम बाकि रहने उहाको भनाई छ । 

अहिले ३६  किलोमिटर सडकको  ५ हजार ६सय ८६ रुख काटीने र त्यसका लागी  ५ महिना भित्र सक्ने सम्झौता भएको छ । काटिएका गोलाई  मध्यबिन्द्यु सेझेदारी वन क्षेत्रमा राख्ने बताईएको छ । थुम्सिदेखी  बाया तर्फको जंगलमा  झण्डै ४ हजार रुख पर्ने र त्यसको अनुमतिका लागी पनि सरकारी प्रयास भईरहेको उहाको भनाई छ । अहिले एक समुहमा १५ जनाको टोलि बनाएर ३ समुहले रुख काट्ने काम थालेको कार्यलयकी कर्मचारी अनिसा क्षेत्रीले बताउनु भयो ।

आफुहरु कामका लागि तयारी अवस्थमा रहेको  र ५८ वटा ठुला उपकरण पाकिस्थान बाट आएको बाँकी नेपालबाट पनि केही उपकरण भाडामा लिईएको ईन्जिनिर्यस जैसि  बताउनु हुन्छ । रुख कटान सकिना साथ कामले गति लिने बताउदै उहाँले कच्चा पदार्थ प्रसोधनका लागि पहिलो खण्डमा रजहर र दोस्रो खण्डमा भुमहिमा पलान्ट राखिएको जानकारी दिनु भयो ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो गराउने गरी चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएपछि सडकनिर्माणको काम थालनि भएको हो । हाल दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपी ओलीले चैत्र ८ गते  बुटवलबाट शिलान्यास गर्नु भएको थियो ।

१७ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ । बाँकी रकम नेपाल सरकारले नै लगानी गर्ने छ । बुटवल–नारायणगढ १ सय १३ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १३ किलोमिटरमध्ये २८ किलोमिटरमा ६ लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ । ‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम थालिएको गैंडाकोट बुटवल सडक आयोजना पहिलो खण्डका प्रमुख सुजन  अधिकारीले जानकारी दिनु भयो ।

गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागि  एडिबीले ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको हो ।

यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ । यो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहाँ पुल छन, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्ने छन् । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाको कार्यालय भने गैंडाकोटमा रहेको छ । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस