काठमाडौँ । हराएको मोटरसाईकल पाउने आशा थिएन । माया मारिसकेका थिए मोटरसाईकल धनीले । कतिपयले अर्कै मोटरसाइकल किनिसकेका थिए ।
तर त्यही मोटरसाइकल पाउँदा छक्क नपर्ने को होला र । यस्तै भएको छ आज काठमाडौंमा । कुनै चिज पाउँदा खुसी मात्रै होइन मानिस छक्कै पर्छन् भन्ने उदाहरण आज मोटरसाईकल प्राप्त गरेपछि प्रमाणित भएको छ ।
काठमाडौंमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ मोटरसाइकल आज धनीलाई बुझायो । महाशाखाले उपत्यकाको अनामनगर, ताच्छिखेल, पशुपति, बागडोल टेकु, झम्सिखेल, बानेश्वर, लगनखेल, न्यूरोड, बसुन्धारालगायत क्षेत्रबाट मोटरसाईकल फेला पारेको थियो ।
महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले हराएर माया मारेकाहरुले मोटरसाईकल पाउँदा छक्कै परेको अनुभव सुनाए ।
अनिल श्रेष्ठ, भीमप्रसाद दुलाल, रमेश भण्डारी, शोभा महिजन, वेबी अग्रवाल, बाबुराम कार्की, शिव श्रेष्ठ, रूपेश मल्लले हराएको बाइक पाए । यस्तै रमेश तामाङ, श्रीजन ताम्राकार, हिमांसु रजक, राजेन्द्र तामाङ, केशवप्रसाद घिमिरे, पुष्करनाथ भण्डारी, राज राउत, राजकुमार ताम्राकारले पनि हराएको मोटरसाईकल लिएर गए । यस्तै सुवर्ण भण्डारी, छत्र नेपाली, केशवकुमार रायमाझि, मोदनाथ सिलवाल, निशान खड्काले पनि हराएको बाईक पाउँदा दङ्ग परे ।
हराएको अब भेटिँदैन भन्ने लागेको थियो धन्न पाइयो,’ अनिल श्रेष्ठले भने । प्रहरीले चालु आवमा २११ वटा हराएको मोटरसाइकल फेला पारेको छ । जसमा १३८ धनी फेला पारी जिम्मा लगाएको छ । २९ जना मानिस पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा