काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं. १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।
आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ ।
पहिलो चरणमा सेल नं. १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं. २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ पुस २०७६, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध
काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ
धनगढीमा नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै
पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको अवरोध
दार्चुलाको स्थानीयले फोहोर नउठाएपछि फाले नगरपालिका कार्यालयभित्र फोहोर