काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग अख्तियारले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको दावी गरे ।
गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरू उनले आफूलगायत श्रीमती मधुको नाममासमेत खरिद गरी राखेको पाइएको अख्तियारले जनाएको छ।
अनुसन्धानबाट ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४९ देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुन्छ। तर सो अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको पाइएको अख्तियारको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर