आईपिएलका महंगा खेलाडी, अस्ट्रेलियाका बलर प्याट कुमिङ्सको मुल्य साढे १५ करोड

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, ११ : ५४
आईपिएलका महंगा खेलाडी, अस्ट्रेलियाका बलर प्याट कुमिङ्सको मुल्य साढे १५ करोड

(एजेन्सी) । क्रिकेट खेलकै ईतिहासमा सबैभन्दा बढी खर्च हुने आईपिएल अबको २ महिना पछि आयोजना हुंदैछ । विश्वभरिकै खेलाडी सहभागी भारतको विभिन्न शहरमा हुने यो प्रतियोगितामा खर्च हुने रकमले धेरैको ध्यान तान्ने गरेको छ । भारतकै अग्रणी व्यापारिक घरानाहरु संलग्न आईपिएलले अब हुने श्रंखलाका लागि विदेशी खेलाडीको अक्सन सम्पन्न गरेको छ ।

आईपिएल विश्वकै सर्वा्धिक आर्थिक कारोबार हुने व्यावसायिक क्रिकेट प्रतियोगितका अन्तर्गत पर्दछ । यस पटकको अक्सनमा  अस्ट्रेलियाका क्रिकेटरहरू नै हावी भए । सर्वा्धिक मूल्यमा खरिद गरिएका पाँच खेलाडीको सूचीमा अस्ट्रेलियाका ३ खेलाडी, दक्षिण अफ्रिका र वेस्ट इन्डिजका एक–एक खेलाडी परे ।

यसपटकको आईपीएलमा सर्वा्धिक महँगो मूल्य तिरेर कोलकता नाइट राईडर्सले अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कुमिङ्सलाई खरिद गर्‍यो । टेस्ट क्रिकेटमा उत्कृष्ट बलरको र्‍याङ्कमा रहेका प्याटलाई १५ करोड ५० लाख भारुमा कोलकताले खरिद गरेको थियो । यो लिलामीमा रोयल च्यालेन्जर बेंगलुरसँग २३ करोड र दिल्ली क्यापिटलसँग २६ करोड भारु भए पनि कोलकताले आफ्नो पक्षमा उनलाई पार्न सफल भएको थियो ।

अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल यसपटक आईपीएलको खरिदमा दोस्रो महँगा खेलाडी बने । ग्लेनलाई आफ्नो टिममा पार्न यसपटक दिल्ली क्यापिटल र किंग इलेभेन पन्जाबबीच प्रतिस्पर्धा भएको थियो । ४ करोड भारुबाट खरिद प्रक्रिया सुरु हुँदा पन्जाबले ९ करोड तिर्न मञ्जुर भयो । यो बेलामा पन्जाबसँग ४२ करोड भारु थियो भने दिल्लीसँग २६ करोड भारु रहेको थियो । अन्ततस् पन्जाबले ग्लेनलाई १० करोड ७५ लाख भारुमा खरिद गर्न सफल भयो । 

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिस ट्वाटी–२० क्रिकेटका अनुभवी खेलाडी मानिन्छन् । चेन्नाई सुपर किंग, राजस्थान रोयल्स, दिल्ली क्यापिटलबाट क्रिकेट खेलिसकेका मोरिसले २ सय ३७ विकेट लिइसकेका छन् । यसपटक भएको लिलामीमा उनलाई १० करोड भारुमा रोयल च्यालेन्जर्स बेंगलुरले आफ्नो टिममा पार्न सफल भयो ।

वेस्टइन्डिजका पेसर सेल्डन क्रोटेललाई किंग इलेभेन पन्जाबले आफ्नो टिममा पार्न सफल भयो । सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध ट्वान्टी–२० खेलेर अन्तर्रा्ष्ट्रिय क्रिकेटमा उनले प्रवेश गरेका थिए । सन् २०१५र१६ मा क्रिकेटमा खासै सक्रिय नभएका सेल्डनलाई पन्जाबले यसपटक ८ करोड ५० लाख भारु तिरेर आफ्नो टिममा पारेको थियो ।

अस्ट्रेलियाका नाथान कुल्टर नाइललाई यसपटक मुम्बाई इन्डियन्सले आफ्नो टिममा पार्न सफल भयो । ट्वान्टी–२० को १ सय ८ खेल खेलेका नाथानले १ सय ३० विकेट लिइसकेका छन् । जसका कारण उनलाई खरिद गर्न १ करोड भारुवाट खरिद बढाबढ भएको थियो । मुम्बई र चेन्नाईबीच प्रतिस्पर्धा भएको यो लिलामीमा नाथानलाई मुम्बईले ८ करोड भारुमा आफ्नो टिममा पारेका थिए ।
१३ औं श्रंखला अन्र्तगत हुने प्रतियोगितामा यस वर्ष पनि ८ टिम सहभागी छन् । प्रतियोगिता २ महिना पछि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस