नेकपाले टुंगो लगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०७६, ११ : ३५
नेकपाले टुंगो लगायो राष्ट्रिय सभा सदस्यका उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गरेको छ । आगामी माग ९ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । 

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उम्मेदवारको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

चयन भएका उम्मेदवारहरु :

प्रदेश १ 
इन्दु गौतम (महिला)
गोपी अछाम (दलित)
देवेन्द्र दाहाल अन्य

प्रदेश २ मा 
तुलसा दाहाल -महिला
राधेश्याम पासवान -दलित

प्रदेश ३ मा
गंगा वेल्वासे - महिला
वेदुराम भुषाल - अन्य

गण्डकीवाट  
नारायणकाजी श्रेष्ठ - अन्य
भगवती न्यौपाने - महिला

प्रदेश ५ 
विमला घिमिरे - महिला
जगप्रसाद शर्मा - अपांगता अल्पसंख्यक
गोपाल भटटराई - अन्य

कर्णालीमा
मायाप्रसाद शर्मा - अन्य
सुमित्रा विसि - महिला

सुदुरपश्चिममा
तारामान स्वार - अन्य
शारदा भटट - महिला