काठमाडौँ । राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा फेरि बढाएको छ । यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले रकमको सीमा घटाएको थियो ।
राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो। यसअघि डेबिडकार्डमार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो ।
बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो ।
यस्तै अब विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा १ लाखसम्म मात्र थियो । सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सार्वजनिक बिदाका दिनमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक