झापा– १ मा रास्वपा उम्मेदवार डाँगीको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १५ : ४२
झापा– १ मा रास्वपा उम्मेदवार डाँगीको अग्रता

झापा । झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेका छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली काँग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस