मेक्सिको । कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ ।
मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १६ पुस २०७६, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु