काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा बन्धक जस्तै बनेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक सरिरहेको छ ।
थुप्रै कामको चाङ रहेका बेला पटक–पटक सूचना टाँसी बैठक स्थगित गरेर सत्तारुढ दलले संसद्को महत्त्व र गरिमामाथि प्रहार गरेको टिप्पणीसमेत हुन थालेका छन् । नयाँ सभामुखबारे सहमति जुटाउन दुई अध्यक्षले मङ्गलबार छलफल गरे पनि टुङ्गोमा पुग्न नसकेपछि उनीहरुले बैठक स्थगित गर्न संसद् सचिवालयलाई खबर पठाएका थिए ।
त्यसपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बुधबार बोलाइएको बैठक ११ दिनपछि अर्थात् पुस २७ गतेका लागि डाकेकी छन् । यसअघि गत ११ गतेका लागि डाकिएको बैठक नेकपाकै आग्रहमा बुधबारसम्म सारिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ पुस २०७६, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली
पब्लिक डिबेटका लागि तयार छु : केपी शर्मा ओली
नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउनेछौँ : अध्यक्ष ओली
उम्मेदवारी दर्ताका लागि ओली झापा जाँदै
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस