नगर प्रमुख अमरसिंह धामी डान्स बारमा भेटिएपछि...

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १८ : ५५
नगर प्रमुख अमरसिंह धामी डान्स बारमा भेटिएपछि...

कञ्चनपुर । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख  अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेर रिहा भएका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी आइतबार राति महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका थिए । उनी सोमबार बिहान नै रिहा भइसकेका प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । डान्सबारमा दुई समूहबीच झगडा भएको थियो ।

डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो ।

वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो । प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस