४ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको घटबड

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, ११ : २०
४ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको घटबड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि उही मूल्यमा कारोबार भएको छ । 

यस्तै तेजावी सुनको मूल्य तोलामा ७३ हजार रुपैयाँ रहेको छ । यता चाँदीको मूल्य सोमबार  ८९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस