अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १९ : ३०
अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु

काठमाडौँ । अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको जनाइएको छ ।

यसैगरी चिसोबाट बँच्न घुर ताप्ने क्रममा आगोमा पोलिएर ६ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए । 

घाइते मध्ये केहीको काठमाण्डु स्थित कीर्तिपुर र केहीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।