प्रेस संगठन चितवनको एकता टुंगीयो, ज्ञवालीको संयोजकत्वमा ४१ सदस्यीय कमिटि गठन

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, २० : ५९
प्रेस संगठन चितवनको एकता टुंगीयो, ज्ञवालीको संयोजकत्वमा ४१ सदस्यीय कमिटि गठन

चितवन । प्रेस संगठन नेपाल चितवनको एकता औपचारीक रुपमा टुंगीएको छ । प्रकाशमणि ज्ञवालीको संयोजकत्वमा आज ४१ सदस्यीय जिल्ला कमिटि गठन भएसँगै एकता टुंगीएको हो । 

कमिटिको सह संयोजकमा तीर्थराज नेपाल रहेका छन । दुवै संगठनबाट ६०–४० को सदस्य राख्ने सहमति बनेको छ । तत्कालीन प्रेस चौतारीबाट सहसंयोजकसहित २५ जना र तत्कालीन प्रेस सेन्टरबाट संयोजक ज्ञवालीसहित १६ जना चयन भएका छन । 

प्रतिक्रिया दिनुहोस