चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको बताउनु भएको छ ।
सौराहामा बिहीबार सोह्रौँ चितवन हात्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘निकुञ्ज ऐन २०२९ संशोधनको प्रकृया अगाडि बढेको छ । नयाँ ऐनले मानिस, जनावर र निकुञ्जको हित गर्नेछ ।’
अध्यक्ष प्रचण्डले हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रहरुमा धेरै नै लेखिएको बताउनु भयो । ‘मानिसलाई जनावरको सहयोग र जनावरलाई मानिसको सहयोग चाहिन्छ’ उहाँले भन्नुभयो, ‘मानिस र जनावरबीचको सुमधुर सम्बन्धमा दरार पैदा गर्नु हुँदैन ।’
नेपाललाई पर्यटनको अथाह सम्भावना भएको देश बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पर्यटन यस्तो क्षेत्र हो, जसको जति विकास गरेपनि पूर्ण हुँदैन ।’ भ्रमण वर्षको पूर्वसन्ध्यामा हात्ती महोत्सवको आयोजना गरी हात्ती र मान्छेबीचको हार्दिक सम्बन्ध प्रदर्शित गर्ने राम्रो पहल भएको उहाँको भनाइ थियो । मानिसको उद्यम, व्यवसायमा हात्तीले पु¥याउने योगदान निकै ठूलो रहेको उहाँले बताउनु भयो ।
‘हामी अवसरको संघारमा छौँ । यस्तो अवसर सधैँ प्राप्त हुँदैन’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आफैँले आफ्नो ठाउँबाट देशको समृद्धिमा योगदान गरौँ । हामीले अबको दशकलाई विकास र समृद्धिको दशकको रुपमा चिनाउनु पर्छ । नेपालले विकासको गतिमा फड्को हान्न खोज्दैछ ।’
पर्यटनको पूर्वाधार विकासमा आफ्नो ध्यान गएको भन्दै अध्यक्ष प्रचण्डले निकुञ्जभित्र निजी हात्तीको सफारी खुलाउने विषयमा सरकारसँग पहल गर्ने आश्वासन दिनुभयो । उहाँले हात्ती महोत्सव सफलताको कामना पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
विहीबार, १० पुस २०७६, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समिति बैठकमा सहभागी भए प्रचण्ड
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड
आफूले सम्बोधन गर्दा प्रधानमन्त्री सदनमा अनुपस्थित रहेकोप्रति प्रचण्डको असन्तुष्टि
जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट स्थापित मान्यतालाई केही शक्तिले उल्ट्याउने कोसिस गरे : प्रचण्ड
रारा ताल अवलोकन गर्न पुगे प्रचण्ड, जुम्लाको सभालाई पनि सम्बोधन गर्ने