काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले आज आफ्नो पदबाट राजीनामा दिने भएकी छिन् । भोलि बस्ने संसदको बैठकवाट सभामुख चयनको निर्वाचन प्रक्रिया अगाडी बढाउन र भोलिको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्ने तयारीका लागि पनि उनले आजै राजीनामा दिने तयारी गरेकी उनको निजि सचिवालय स्रोतले बताएको छ ।
संविधानमा एकै पार्टीका व्यक्ति सभामुख उपसभामुख हुन नपाउने र फरक लिंगका हुनुपर्ने ब्यवस्थाका कारण पनि तुम्बाहाम्फेलाई राजीनामा दिनुपर्ने बाध्यता छ । नेकपाको संसदमा एक्लैको झण्डै दुई तिहाई बहुमत रहेकोले पनि उसले सभामुख पद अन्य पार्टीलाई दिन सक्ने छैन । त्यही भएर पनि तुम्बाहाम्फेले राजीनामा दिनै पर्ने बाध्यता छ ।
तुम्बाहाम्फेले राजीनामा दिएपछि भोलिको संसद बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने तयारी छ । तुम्बाहाम्फेले आज सभामुखलाई सम्बोधन गरेर आफ्नो राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी गरेकी छन् । ‘उपसभामुखज्युले आज पदबाट राजीनामा दिँदै हुनुहुन्छ,’ उपसभामुखको नीजि सचिवालय स्रोतले भन्यो, ‘सभामुखलाई सम्बोधन गरेर राजीनामा पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी छ ।’
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुब्र्यवहारको आरोपमा राजीनामा दिएपछि संसदमा झण्डै तीन महिनायता सभामुख पद रिक्त छ । संसद सचिवालयले भोलिबाट सभामुख निर्वाचन प्रक्रिया शुरु गरेर १४ गते चुनाव गराउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०७६, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
उपसभामुख राना चीन भ्रमणमा