क्रिसमसमा दुलहीझैँ सिँगारियो सिजी ल्यान्डमार्क

बुधबार, ०९ पुस २०७६, २० : ०३
क्रिसमसमा दुलहीझैँ सिँगारियो सिजी ल्यान्डमार्क

चितवन । क्रिसमसको अवसरमा उपत्यका बाहिरकै सबैभन्दा ठूलो सपिङ मल सिजी ल्यान्डमार्क विभिन्न कार्यक्रमहरु भएका छन् । ल्यान्डमार्कलाई दुलहीझैँ सिँगारिएको थियो । ल्यान्डमार्कमा आकर्षक सजावटका सामग्रीले झिलिमिली पारिएको थियो । क्रिसमस ट्री बनाएर सजाइएको थियो । 

ल्यान्डमार्कमा पुग्ने ग्राहकले सामनमात्र होइन, सांस्कृतिक कार्यक्रममा झुमेका पनि थिए । स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिमा हजारौँ दर्शकहरु झुमेका थिए ।

ल्यान्डमार्कमा पुग्ने ग्राहले आकर्षक छुटमा विभिन्न सामग्रीहरु किनेका थिए । गिफ्ट आइटमहरुमा विशेष छुटको व्यवस्था गरिएको ल्यान्डमार्कका प्रबन्धक उज्ज्वल केसीले जानकारी दिनुभयो । सांगीतिक प्रस्तुतिको कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । ल्यान्डमार्कमा पछिल्लो समय दिनानुदिन ग्राहकहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस