राजपा सरकारमा आउन सक्ने

पत्रपत्रिकाबाट

बुधबार, ०९ पुस २०७६, ०७ : ४७
राजपा सरकारमा आउन सक्ने

काठमाडौँ । राष्ट्रिय जनता पार्टी र सत्तारुढ दल नेकपाबीच नयाँ सहमति भएपछि राजपालाई सरकारमा सहभागी हुने ढोका खुलेको छ। यद्यपि राजपाले सरकारमा सहभागी हुने–नहुने औपचारिक निर्णय भने गरेको छैन।

राजपाले प्रदेश २ को मुख्यमन्त्री, उपसभामुख र सरकारमा सहभागी हुने मन्त्रीहरूलगायतको विषयमा प्याकेजमै सहमति भएको अवस्थामा सरकारमा जान सकिने संकेत प्रधानमन्त्री ओलीलाई दिएको छ।

प्रधानमन्त्री ओलीले समाजवादीलाई हटाएर राजपालाई सरकारमा सहभागी गराउने रणनीति लिएको नेकपाका एक केन्द्रीय सदस्यले बताए।समाजवादी पार्टी सरकारबाट बाहिइसकेकाे छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस