उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

पत्रपत्रिकाबाट

मंगलबार, ०८ पुस २०७६, ०७ : ४९
उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

काठमाडौँ । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ ।

भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए । 

काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । प्राधिकरण प्रमुख तिवारीले भने, “सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’मा सातवटा पोखरी निर्माण गरिने छ, जसमध्ये दुईवटालाई तालका रूपमा विकास गरिने छ ।

ती तालको क्षेत्रफल सिंहदरबारभन्दा ठूलो हुनेछ । प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको ‘प्लानिङ’ गरिने छ ।” गोरखापत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस