Safal Khabar - मिडिया तिनको हातमा छ जसको काम पत्रकारिता होइन
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
मिडिया तिनको हातमा छ जसको काम पत्रकारिता होइन
सोमबार, ०७ पुष २०७६, १६ : १९
मिडिया तिनको हातमा छ जसको काम पत्रकारिता होइन

- रविश कुमार

यदि मिडिया यिनलाई देखाउँदैनन् भने हामीले नै सम्पूर्ण देशबासीकहाँ यसलाई पु-याउनुपर्छ । यसलाई भाइरल बनाउन सहयोग गर्नुस् ।

मेलै यस्ता सन्देश भएका कैयन् भिडियो हेरिसकेको छु । ती भिडियोमा प्रहरी आफैँ धनमालको नोक्सानी पु-याइरहेका हुन्छन्, पसल र बाइक तोडफोड गरिरहेका देखिन्छन् ।

Yeti Diistillery

प्रहरी घरभित्र पसेर मारपिट गरिएका र गल्लीमा पसेर मारपिट भएका धेरै भिडियो भाइरल भएका छन् । यसलाई देखेर सजिलै बुझ्न सकिन्छ कि मिडिया नहुँदा मानिसमा कति धेरै छट्पट्टी फैलिएको छ ।

जबकि प्राप्त सम्पूर्ण सूचनालाई पुष्टि गरेर मानिस माझ सम्प्रेषण गर्नु मिडियाको काम हो । तर जुन स्थानबाट भिडियो आइरहेको छ, तिनको कतै पनि रिपोर्टिङ भएका छैनन् ।

यो मिडियाको ब्रेकडाउन (असफलता) हो । तपाईंले कानुन र व्यवस्थाको असफलता सुन्नु भएको होला । भारतमा कानुन र व्यवस्था जति असफल भए पनि मिडिया कहिले पनि अहिले जसरी चुक्दैनथे । पत्रकार, भिडियोग्राफर र फोटोग्राफर यी मोर्चामा हुन्थे र तिनले पठाएको खबर कतै न कतै देखाइन्थ्यो वा छापिन्थ्यो ।

अहिले पनि यी तिनैवटा समूह हिंस्रक झडपबीच छ तर तिनको समाचार कहीँ कतै छैन । मानिसहरु अब घरभित्र पसेर मारपिट गरिरहेका प्रहरीको भिडियो आफैँ रेकर्ड गरिरहेका छन् ।

गल्लीमा पसेर प्रहरीको हिंसाका निक्कै धेरै भिडियो रेकर्ड गरिएको छ । मानिसलाई भिडियो मानिस माझ पुग्नुपर्छ भन्ने लाग्छ र फेरि यो पत्रकारदेखि लिएर त्यो पत्रकारसम्म भिडियो पठाइन्छ ।

भिडियो एकले अर्कोलाई शेयर गर्दा पठाउने क्रममा एक प्रकारको वृतको निर्माण हुन्छ । बाहिरी संसारसँग सम्पर्क टुट्छ । यो स्थितिलाई मिडियाको असफलता भन्नुपर्छ ।

मिडिया असफलताका केही लक्षणहरु छन् । मिडियाको असफलता जनता र मिडियाबीचमा मात्र भएको छैन, मिडियाभित्रै पनि भएको छ । पत्रकार र तिनको सञ्जालको बीच पनि भएको छ ।

हरेक भिडियो कुनै न कुनै पत्रकारसम्म पुगिरहेको छ तर उनीहरु भिडियो हेरेर तिनलाई डिलिट गरिरहेका छन् ।

केही आफ्ना च्यानल वा पत्रिकाको सामाजिक सञ्जालका ग्रुपमा त भिडियो हाल्छन् तर त्यहाँ पनि कुनै जवाफ आउँदैन । अनि रिपोर्टर पाखा लाग्छन् ।

बाध्य भएर केही पत्रकार तिनलाई आफ्नो इन्स्टाग्राममा हालिरहेका छन् या पुनः ट्वीटरमा पोस्ट गरिरहेका छन् ।

तर त्यो भिडियोलाई त्यो समाचार च्यानल वा पत्रिका आफ्नो ट्वीटर ह्याण्डल वा इन्स्टाग्राममा पोस्ट गर्दैनन् । न प्रमाणित गरेर त्यसको समाचार बनाउँछन् । जबकि पत्रकार र न्यूज च्यानल दुवै एक अर्कोलाई फलो गर्छन् ।

मानिसहरुले समाचार च्यानलको ट्वीटर ह्याण्डलमा पनि यस्तो धेरै भिडियो पोस्ट गरेका छन् तर कसैले केही गरिरहेको छैन । मिडिया असफलताको स्थितिमा मानिसमा खास प्रकारको मनोवैज्ञानिक दबाब बन्छ । तिनको आशंका थप गहिरो हुन्छ ।

शनिबार उत्तर प्रदेशको मुजफ्फरनगर, लखनऊ र बिहारको फुलबारी शरीफ र औरंगाबादका कयैन भिडियो आए । प्रहरी घर र गल्लीमा पस्दै गोली चलाएबाट मानिसहरु आतंकित हुँदै गएका छन् ।

सरकार सुनिरहेको छैन । प्रहरीमाथि भरोसा छैन । मानिसले मिडियाबाट जवाफ नपाइरहेको अवस्थामा मानिसहरु नातेदारदेखि लिएर साथीहरुको समूहमा भिडियो र सूचनालाई पु-याइरहेका छन् । रातभर जाग्न थाल्छन्, विभिन्न प्रकारको आशंकाबाट घेरिन्छन् ।

मुजफ्फरनगर र दिल्लीको दरियागंजलाई लिएर अचानक रातमा कयैन मानिस हामीलाई वकिलको आवश्यकता रहेको लेखिरहेका छन् । वकिलका समूह आफ्नो नम्बरसँगै म्यासेस लेखेर जसलाई सहयोगको आवश्यकता छ, हामीलाई सम्पर्क गर्न भनिरहेका छन् ।

अदालतमा पनि एक प्रकारको भरोसा टुटेको छ । कतै कतै वकिलहरुको पनि गिरफ्तारी गरिएको छ ।

एक म्यासेजमा दिल्लीको कुनै संवादातालाई पठाएर मुजफ्फरनगरको घरमा हालत कभर गराएँ । कोही चाहन्छन् कि संवाददाता लखनऊको घरमा जाउन् । तर कुनै जाँदैन ।

न्यूज च्यानल के गरिरहेका छन् ? यसमा म कसैलाई पनि अपवाद मान्दिनँ । सब एकै प्रकारको काम गरिरहेका छन् । बहस गरिरहेका छन् ।

जुन समय रिपोर्टिङको आवश्यकता हुन्छ, फिल्डमा प्रहरी कुन प्रकारको हिंसा गरिरहेको छ भन्ने गएर हेर्ने आवश्यकता छ ।

प्रहरीको कुरामा कति सत्यता छ, त्यो समय मिडिया आफ्नो स्टूडियोमा बन्द छ । ऊ प्रहरीको कुरामा मात्र चलिरहेको छ । त्यसलाई सत्य मानिरहेको छ ।

आफ्नो विश्वास, समय र महिनाको हजार–पाँच सय दिएका जनतालाई मिडियाले छोडिसकेको छ । तिनको हातबाट चौथो खम्बाको हैसियत गुमाएको छ । च्यानलले बहसको शैलीलाई निकालेको छ ।

जो पत्रकार यी प्रदर्शनलाई रिपोर्टिङ गरिरहेको छ, तीमाथि हिंसा भइरहेको छ । हिंसामा पर्नेहरु धेरैजसो पत्रकार अल्पसङ्ख्यक समुदायका छन् । तिनलाई धर्मको कारण निशाना बनाइएको छ ।

लखनऊमा ‘द हिन्दू’ का पत्रकार उमर राशिदलाई प्रहरीले पक्राउ ग-यो । दुई घण्टासम्म उनीमाथि साम्प्रदायिक टिप्पणीहरु भयो ।

‘कमिटी अगेन्स्ट असल्ट अन जर्नलिस्ट’का अनुसार नागरिकता कानूनको विरोध प्रदर्शनको समाचार रिपोर्टिङ गर्ने क्रममा १४ पत्रकार घाइते भए । यसमा कुनै पत्रकार आफ्नै जोखिममा बेव पत्रकारिता गर्नेवाला छन् ।

शाहीन अब्दुल्लालाई जामिया मिलिया इस्लामियाको हिंसाको समय प्रेस कार्ड देखाएपछि पनि पिटियो । बीबीसीका पत्रकार बुखरा शेखले प्रेस कार्ड देखाउँदा उनीमाथि गाली बस्र्यो । उनको फोन खोसियो ।

पल पल न्यूजका शारिक अदल युसूफ लाठी चार्जका कारण घाइते भएका छन् । प्रहरीले प्रेस कार्ड लियो । फोन फुटायो । फ्रिलान्स पत्रकार कविश अजीजले पनि यो अवस्था भोगे ।

पटनामा रिपब्लिक टीभीका पत्रकार प्रकाश सिंहसँग पनि राष्ट्रिय जनता दलका समर्थकहरुले धक्का–मुक्का गरे र उनलाई आफ्नो काम गर्न रोके । यी सबैमा मिडिया मौन थियो ।

मिडिया असफलता अर्को लक्षण पनि छ । अहिले मिडिया आफ्ना साथीहरुसँग हुने हिंसालाई लिएर मौन हुन्छ, भीड पनि पत्रकारसँग हिंसा गर्छ र प्रहरी पनि तर पनि कोही एकअर्काको समर्थनमा आइरहेका छैनन् ।

सबै ठाउँमा मानिस मिडियामाथि हिंसा गरिरहेका छैनन् तर कयैन् स्थानमा ‘मिडिया गो ब्याक’को नारा लागेको छ, शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट । दिल्लीको प्रदर्शनस्थल जन्तर–मन्तरमा यस्तो नारा खुब लागेको छ ।

परिस्थिति अनौठो छ । पत्रकार जुन संस्थानमा छन्, ती रिपोर्टिङ गर्दैनन् । जुन संस्थानको लागि रिपोर्टिङ गर्न जान्छन्, त्यहाँ भिडबाट घेरिन्छन् । यो असफलताको सबैभन्दा बलियो प्रमाण हो ।

मानिसमा रहेको मिडियाप्रतिको विश्वास टुट्यो र मिडिया आफ्नै मिडियाकर्मीको भरोसा तोडिरहेका छन् ।

जसरी एक सर्वसाधारण अखबार वा च्यानलअघि लाचार छ, त्यसरी नै रिपोर्टर या प्रस्तोता आफ्नो संस्थानभित्र लाचार उभिएको छ ।

तर आफ्नो संस्थाको हरेक कुराप्रति नतमस्तक पत्रकारमा यो समस्या छैन । तर तिनमा पत्रकारमा हुने कुनै पनि गुण बाँकी पनि छैन । अर्थात मिडियाको प्लाटफर्म तिनको हातमा छ जसको काम पत्रकारित होइन ।

यो बीच सरकारले मिडियालाई राष्ट्रविरोधी शक्ति बलियो हुने सामाग्री प्रस्तुत नगर्न सल्लाह दिएको छ । खासमा भन्नुपथ्र्यो–मिडियाले जनताको आवाज देखाउन् । जनताको आवाज नरोकुन् । त्यसो भए लोकतन्त्रमाथि आशंका र हताशा फैलिन्छ ।

तर कयैन यस्ता भिडियो बाहिर आएका छन् जसमा सत्तारुढ भाजपाका नेता नागरिक कानुनको विरोध गर्नेहरुलाई गोली ठोक्ने कुरा गरिरहेका छन् ।

दिल्ली र कटिहारबाट यस्ता भिडियो आएका छन् । भाजपाका नेताहरु विरोधीलाई किरा भनिरहेका छन् । भाजपाका सांसद जामियाका छात्रालाई आतङ्कवादी भन्छन् तर मिडिया मौन छ ।

तिनको गोली हान्ने भाषामा राष्ट्रविरोधी गतिविधि देखिँदैन ? एक प्रकारले मिडिया प्रहरीको हिंसा र सरकारको समर्थकको ह्रिंसक भाषाको पक्षमा आइसकेको छ ।

यो मौनता खतरनाक हुन्छ । मानिसहरुका सामु भाइरलनै अन्तिम विकल्पको रुपमा बचेको छ । यो सही सूचनाको खोजमा भाइरल गरिरहेका छन्, तिनलाई एक प्रकारको ज्वरो आएको छ ।

भाइरलको एउटा अर्थ ज्वरो पनि हुन्छ । हामीले कुरा गरेको मिडिया भाइरल ज्वरोको रुपमा पनि हुन सक्छ वा सनकको रुपमा पनि । यही मिडिया असफलता(ब्रेकडाउन) हो ।

प्रतिक्रिया दिनुहोस