टाडीको नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा क्रिष्टमसको अवसमा लाईभ म्युजिक हुने

आइतबार, ०६ पुस २०७६, १५ : १९
टाडीको नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा क्रिष्टमसको अवसमा लाईभ म्युजिक हुने

– आशिष उप्रेती
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका २ टाडी चोकमा रहेको द नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा क्रिष्टमसको अवसर पारेर द नोटेसन ब्याण्डले लाईभ म्युजिक गर्ने भएको छ । यही पुष ९ गते बुधबार क्रिष्टमसको दिन बेलुका ५ बजेदेखि निशुल्क प्रवेशमा सो ब्याण्डले टाडी चोकमा रहेको द नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारमा लाईभ म्युजिक गर्न लागेको हो । नाईन्टिन्स् रेष्टुरेन्ट एण्ड बारले क्रिष्टमस र अंग्रेजी नयाँ बर्षको अवसरमा भोली डिसेम्बर २३ देखी जनवरी २ सम्म विशेष छुट र अफरको व्यवस्था समेत राखेको छ । 

उक्त रेष्टुरेन्ट एण्ड बार गत मंसिर २६ गतेदेखि सन्चालनमा आएको हो । सो रेष्टुरेन्ट एण्ड बारमा कसैलाई बर्थडे पार्टी, एन्नीभर्सरी, गेट टुगेदर पार्टी, बेबी सावर पार्टी, सेमिनार र मिटिङ हलको आवश्यक परेमा सोको व्यवस्था समेत रहेको छ । 

नेपाली युवाहरुले नेपालमा बसेर पनि केही व्यवसाय गर्न सक्छ्न् भन्ने उद्देश्यका साथ करिव ५० लाखको लगानीमा सो रेष्टुरेन्ट एण्ड बार सन्चालन गरेको सन्चालक पुष्कर डल्लाकोटीले बताउनुभयो । सो रेष्टुरेन्टमा अहिले ४ जना कुक, २ जना सहायक कुक, ४ जना वेटर र २ जना फोटोग्राफर रहेका छन् । 

अरु रेष्टुरेन्ट एण्ड बारको तुलनामा गुणस्तरीय सेवा प्रदान गरी ग्राहकहरुलाई सन्तुष्टि दिलाउने उहाँको विश्वास रहेको छ । हामीहरुको यस कदमले धेरै युवाहरुलार्इ अरु केही नयाँ व्यवसाय सन्चालन गरौं भन्ने उत्प्रेरणा जाग्ने डल्लाकोटीको दाबी रहेको छ । आफूहरुलाई समयको गतिविधि र कामले सफलता प्राप्त गर्नेमा आफू विश्वस्थ रहेको र आगामी दिनमा अझ जोश र जागरका साथ जुझारु युवाहरुलाई साथमा लिएर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस