सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलको पहिलो जित

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १५ : ५९
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेलको पहिलो जित

काठमाडौं । जावलाखेल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ ।

एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई १–० गोलले हरायो । जावलाखेलको जितमा ड्याडी जुनियर वाम्वाले गोल गरे । वाम्वाले १०औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा निर्णायक बन्यो । जावलाखेलले त्यसपछि पनि लगातार गोलको अवसर बनाएको थियो ।

यस जितसँगै जावलाखेलले चार अंक बनाएको छ । लिगको पहिलो खेलमा जावलाखेलले ललितपुरकै अर्को टोली थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । सरस्वतीले केही फितला अवसर बनाए पनि गोल गर्न सकेन । सरस्वतीले लगातार दोस्रो हार खेपेको छ ।

प्रतिक्रिया दिनुहोस