जान्नुहोस्, यी तीन रोग लागेका मानिसले काउली खानुहँदैन

शनिबार, ०५ पुस २०७६, १४ : १७
जान्नुहोस्, यी तीन रोग लागेका मानिसले काउली खानुहँदैन

काठमाडौं । हाम्रो भान्सामा मिठो तरकारी भन्दा आज पनि काउँली मिठो तरकारीको सूचीमा पर्छ । अक्सर माछा मासु नखानेहरुका भान्छामा विशेष अकेजनहरुमा काउलीको तरकारी पाक्ने गर्छ । 
काउलीको तरकारी सामान्यतया स्वास्थ्यका हिसावले पनि लाभदायक खाना नै हो । काउलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूट्रियन्स लगायतका तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । यसले मानिसको शरीर लाग्ने घातक रोगहरु एनिमिया, स्तन क्यान्सर, मुटुरोगबाट पनि बचाउँछ । तर, काउलीको तरकारी केही रोगीहरुको लागी लाभकर नहुने डाइटिसियनहरुले बताएका छन् ।

थाइराइडका बिमारी

काउलीको तरकारी थाइराइडका बिरामीको लागी लाभदायक हुँदैन् । किनभने यसमा गाइट्रोगन नामक तत्व पाइन्छ । जसले थाइराइडलाई असर पुर्याउने काम गर्छ ।

ग्याष्ट्रिकको बिरामी

ग्याष्ट्रिकका बिरामीले पनि काउलीको तरकारी सेवन गर्नु हुँदैन् । काउलीमा पाइने पोषक तत्वले पाचन प्रणालीमा समस्या पैदा गर्दछ । त्यसका साथै स्तनपान गराईरहेकी महिलाले पनि काउलीको सेवन नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् । काउलीको तरकारी सेवनले ग्याष्ट्रिकको समस्याले सताउन सक्छ ।

ब्लड क्लटिङको समस्या भएका बिरामी

काउली सेवन शरीरमा ब्लड क्लटिङको समस्या भएको बिरामीका लागि पनि लाभदायक मानिदैन् । काउलीमा पाइने भिटामिन के ले ब्लड क्लटिङमा समस्या पैदा गर्दछ । त्यति मात्र होइन् , रगतलाई गाढा बनाउने औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउली सेवन गर्नु नहुने बताइएको छ । – कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस