सर्वेन्द्र खनालका कारण डिआइजी सरुवा विवादमा

पत्रपत्रिकाबाट

शनिबार, ०५ पुस २०७६, ०८ : १५
सर्वेन्द्र खनालका कारण डिआइजी सरुवा विवादमा

काठमाडौं । गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवादमा परेको छ । जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको हो । सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो ।

महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय छन् । प्रहरीमा जुनियरको कमान्डमा सिनियरहरू खटाइँदैन । सोही कारण सरुवामा समस्या भएको छ । 

यस विषयमा बिहीबार गृह मन्त्रालयमा छलफल भएको थियो । गृह मन्त्रालयका अधिकारीहरू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमजोरीले सरुवामा त्रुटी भएको बताउँन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस