विष हालेर तरकारी खाँदा १ को मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, ०२ पुस २०७६, ०७ : ००
विष हालेर तरकारी खाँदा १ को मृत्यु

वीरगन्ज । घरायसी विवादले तरकारीमा विष हालेर आफू लगायत परिवारका अन्य सदस्यलाई खान दिँदा वीरगन्जमा एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरी निवासी जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती राधिका देवीले सोमबार रातिको तरकारीमा विष हालेको थिइन् ।

उनको उपचारको क्रममा यहाँको तराई अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। तरकारी खाएका राधिकाका ३ वर्षीय छोरा विवेकप्रसाद कुर्मी, जगदीशकी जेठी श्रीमतीका तीन छोरा र एक छोरीको अवस्था गम्भीर छ। उनीहरुको उपचार वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भइरहेको प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए। तरकारीमा 'अल्मुनियम फस्फेट' मिसाएको चिकित्सकले जनाएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राधिका र जगदीशको जेठी श्रीमतीकी छोरी मानषी पटेलबीच सोमबार राति खाना पकाउने विषयमा झगडा भएको थियो। ‘राधिकाले विष हालेको तरकारी आफूले पनि सेवन गरिन् अनि परिवारका अन्य सदस्यलाई पनि दिइन्,’ डीएसपी थापाले भने, ‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवाद देखिएको छ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस