गजल

मंगलबार, ०१ पुस २०७६, १५ : ०८
गजल

- रवि प्राञ्जल

खस्रोले त अडाउँछ ।
चिप्लोले पो लडाउँछ ।

कच्चै प्रेम असल बरु,
घृणाले त डढाउँछ ।

पथभ्रष्ट छ गुरु आफैँ,
नैतिकता पढाउँछ ।

भूमिहीनले जित्यो चुनाव,
भोलि महल ठडाउँछ।

पुजारीले चिन्दैन जल,
अचेल अर्कै चढाउँछ ।

प्रतिक्रिया दिनुहोस