लिस्बन । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।
थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताउनुभयो ।
यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ ।
उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताउनुभयो । मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो : मन्त्री साउद
पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने
रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्यो ९ गोल
पोर्चुगलमा पासपोर्ट शिविरबाट ५ करोड राजस्व संकलन, २३ सय नेपालीले दिए आवेदन