सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युवा क्लबको विजयी सुरुवात

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, १८ : ०३
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युवा क्लबको विजयी सुरुवात

काठमाडौं । जापानमा बस्दै आएका कप्तान सन्तोष साहुखलको सानदार प्रदर्शन सँगै च्यासल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । 

दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो । च्यासलले दुवै हाफमा एक एक गोल गरेको थियो । ४२औं मिनेटमा पहिलो गोल गरेका सन्तोषले ८५औं मिनेटमा गोल गर्दै च्यासलको जित पक्का बनाए । 

साविक उपविजेता संकटाले केही अवसर बनाए पनि सफल हुन सकेन । जितसँगै च्यासलले तीन अंक बनाएको छ । टोलीको जितमा महत्वपूर्ण दुई गोल गरेका सन्तोस म्यान अफ दी म्याच भए ।

प्रतिक्रिया दिनुहोस