चौतारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नंको ट्रकका चालक जोगीको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
आप्रवासी चढेको डुङ्गा दुर्घटना : ६८ जनाको मृत्यु, ७४ बेपत्ता