चलचित्र १२ सत्ताइसको शीर्ष गीत सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १४ : ४७
चलचित्र १२ सत्ताइसको शीर्ष गीत सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र १२ सत्ताइसको शीर्ष गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । माघ तीन गते प्रदर्शन तय भएको चलचित्रको शीर्ष गीत हाइलाइट्स नेपालले शनिबार सार्वजनिक गरेको हो ।

बेरोजगार युवा युवतीहरुको कथा समेटिएको चलचित्रको शीर्ष गीतमा पनि सोझोपनले सफलता हात पार्न नसकेका युवाहरुको कथा छ । गीतले बढ्दो भ्रष्टाचार र बेरोजगारीविरुद्ध गतिलो प्रहार गरेको छ ।

प्रकाश मल्लको शब्दमा दिपक आरजेको स्वर र संगीत रहेको गीतमा गिरिस खतिवडाले र्‍यापमा साथ दिएका छन् । रेणु राणाले निमार्ण गरेको चलचित्रमा अभिषेक नेपाल, समिर श्रेष्ठ, अस्मिता लामिछाने, एभमराज उप्रेती लगायतका नवकलाकारको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस