पर्वत । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।
अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । विष्ट मालिका नमूना माविमा कार्यरत हुनुहुन्थ्यो । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ मंसिर २०७६, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला