पत्रकार प्रविण बराललाई पितृ शोक

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, १९ : ०६
पत्रकार प्रविण बराललाई पितृ शोक

चितवन । नेपाल पत्रकार महासंघ प्रदेश न ३ का कार्यसमिति सदस्य एवं चितवनबाट प्रकाशित कायकैरन दैनिकका प्रवन्ध निर्देशक प्रविण बराललाई पितृ सोक परेको छ । चितवनको भरतपुर महानगरपालिका ५ ओम शान्ति टोलमा स्थाइ घर भएका बरालका पिता चेतनाथ बरालको ६४ वर्षको उमेरमा आज विहान १०बजे निधन भएको हो । 

स्वर्गीय चेतनाथ केहि समयदेखि स्वासप्रस्वास सम्बन्धी समस्याबाट पीडित थिए । उनको लम्जुङ साविक गाँउशहर गाविस वडा न ६ ओखले अमृत पानीमा स्वर्गीय बुवा पीताम्बर र आमा भागेरथी बरालको कोखबाट २०१२ सालमा जन्म भएको थियो ।

स्वः चेतनाथका श्रीमती सावित्रा बराल, दुइ छोरी (वृछा बराल न्यौपाने र इन्दिरा बराल अधिकारी) र एक छोरा प्रविण बराल रहेका छन । 

यसैविच नेपाल पत्रकार महासंघ प्रदेश न ३ ले शोक वक्तव्य जारी गरेको छ । महासचिव कृष्ण सारु मगरद्धारा हस्ताक्षरीत शोक वक्तव्यमा स्वः बरालप्रति श्रद्धाञ्जली तथा सोक सन्तव्त परिवारमा समवेदना व्यक्त गरीएको छ । 
 

प्रतिक्रिया दिनुहोस