भक्तपुर । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा५ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।
काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस बाटोबाट खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् भने अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरीबृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उहाँले बताउनुभयो । दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते