परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।
काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ मंसिर २०७६, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते