काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले पार्टीमा कार्यकारी अधिकार प्राप्त गरेपछि दुईपटक सचिवालय बैठक बसालेका छन् । तेश्रो पटक भोलि शनिवार सचिवालयको अर्काे बैठक बसाउँदैछन भने एक वर्ष देखि बस्न नसकेको स्थायी समिति बैठक पनि आईतबार बोलाईएको छ ।
मसिर २९ र ३० मा पार्टीको स्थायी समिति बैठक प्रचण्डले बोलाएका छन् । बैठकको तयारीका लागि उनी अहिले पार्टीको राजनीतिक दस्तावेज लेखनको अन्तिम चरणमा छन् ।
उनले आजै पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर आफुले तयार पारेको पार्टी कामको कार्ययोजना सहितको राजनीतिक प्रतिवेदनमा छलफल गर्नेछन् । पार्टीका केन्द्रीय विभाग र आयोगहरुमा सम्बन्धित विभागहरुले सिफारिस गरेका नामका बारेमा छलफल गरी सहमति खोज्ने प्रयास पनि गर्नेछन् ।
त्यसपछि दुई अध्यक्षका बीचमा बनेको सहमतिलाई सचिवालय हुदै स्थायी समितिमा लैजाने योजनामा प्रचण्ड देखिन्छन् । सोही कारण आजका लागि बोलाईएको सचिवालय बैठक एक दिन पछि सारेर प्रचण्ड ओलीसँग छलफलमा बस्न लागेका हुन् । २३ मंसिरमा बसेको सचिवालयबाट प्रचण्डले एकतापछि अवरुद्ध हुदंै गईरहेको पार्टी सञ्चालन प्रक्रियाको ट्रयाक खोल्ने प्रयास गरेका थिए ।
बैठकपछि नेकपा संगठनात्मक रुपमा जुर्मुराउन थालेको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ । प्रचण्डको अध्यक्षतामा बसेको र निक्कै अर्थपूर्ण राजनीतिक निर्णय लिन सफल भएको सचिवालय बैठकले गरेको निर्णयको २५ मंसिरमा दुवै अध्यक्षले हस्ताक्षर गरेर पार्टी केन्द्रीय नेताहरुलाई विशेष परिपत्र गरिएको छ ।
उक्त विशेष परिपत्रमा खासमा के छ त ? हेर्नुहोस परिपत्रको पूर्ण विवरण :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ मंसिर २०७६, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति