ठगी गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याउँछौँः श्रममन्त्री यादव

रासस

बुधबार, २५ मंसिर २०७६, २१ : १३
ठगी गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याउँछौँः श्रममन्त्री यादव

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर  कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभएको छ ।  

सर्लाही सदरमुकाम मलङ्गवामा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान उहाँले युवासँग आग्रह गर्नुभयो । वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेको छ भने सिधा आएर आफूलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस